विशेष प्रतिनिधि, टोकियो (जापान)
अत्यन्तै शक्तिशाली अनुमान गरिएको ताइफु १० (हाइशेन) को प्रभावका कारण जापानको ओकिनवा तथा क्युसु क्षेत्रका विभिन्न स्थानका आन्तरिक उडानहरु रद्द भएका छन् ।
यसपटकको हाइसेन नामक ताईफु (आँधी) तीन दशकयताकै शक्तिशाली मानिएको छ । आइतबार बिहानसम्ममा ओकिनवा क्षेत्रका झण्डै तीन हजार घरमा विद्युत आपूर्ति कटौती भएको छ । ताइफुको प्रभाव बढ्दै जाँदा अन्यत्र पनि विद्युत आपूर्ति बन्द हुन सक्ने बताइएको छ ।
दक्षिण–पश्चिम जापानका विभिन्न क्षेत्रहरुमा पूर्ण सजगता अपनाउन स्थानीय सरकार तथा केन्द्र सरकारले केही दिन यता निरन्तर आह्वान गर्दै आएका छन् । समयमै पूर्वतयारी नभएको खण्डमा अघिल्लो वर्षको ताईफु–१९ (हगिविस) भन्दा धेरै विध्वंशक हुने विज्ञहरुको अनुमान रहेको छ ।
प्रतिक्रिया