स्वास्थ्य-कर्मचारीकी आमामा संक्रमण देखिएपछि पाल्पा अस्पताल सिल

स्वास्थ्य-कर्मचारीकी आमामा संक्रमण देखिएपछि पाल्पा अस्पताल सिल


पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ ।

अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक सेवाबाहेक सबै सेवा आइतबार (२१ भदौ) साँझदेखि नै बन्द गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताए ।

गत हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आएकी तानसेन नगरपालिका–११ बस्ने ८२ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । संक्रमित महिला पाल्पा अस्पतालमा कार्यरत एक कर्मचारीकी आमासमेत हुन् ।

अस्पतालमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिरामी, बिरामीकी छोरी, कार्यालय सहयोगी, चिकित्सक र कर्मचारीलाई होम क्वारेन्टिनमा राखिएको छ ।