नेपालमा कोरोनासंक्रमितको कुल संख्या ४७,२३६

नेपालमा कोरोनासंक्रमितको कुल संख्या ४७,२३६


नेपालमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मुलुकभर थप ९७९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएअनुसार काठमाडौं उपत्यकामा सोमबार थप ३२६ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । काठमाडौंका २९३, ललितपुरका २० तथा भक्तपुरका १३ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार (२२ भदौ) १ हजार ७ सय ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २ सय १८ जनाको पीसीआर परीक्षण भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ रहेको छ।