बाबु-छोरीको नाता नक्कली प्रमाणित भएपछि जापानमा दुई नेपाली पक्राउ

बाबु-छोरीको नाता नक्कली प्रमाणित भएपछि जापानमा दुई नेपाली पक्राउ


विशेष प्रतिनिधि, जापान

नक्कली कागजात पेश गरी जापानको भिसा लिएको अभियोगमा दुई जना नेपाली पक्राउ परेका छन् ।

जापानी सञ्चारमाध्यमहरुले जनाएअनुसार यसरी पक्राउ पर्नेमा नक्कली बाउ-छोरी बनेका पुरुष र महिला रहेका छन् ।

बताइएअनुसार पक्राउ पर्नेमा दीपेन्द्र सहनी (नक्कली बाउ) र सृजना बोहोरा (नक्कली छोरी) रहेका छन् ।

इबाराकी केनको हिताची सहरस्थित हिगासी तागामाचीमा रेस्टोरेन्ट सञ्चालन गर्दैआएका ३८ वर्षीय सहनीले आफ्नी सालीलाई दिपिसा सहनी नाम राखी छोरी बनाएर जापान प्रवेश गराएको खुलासा भएपछि नक्कली कागजात बनाई अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरु दुवैलाई पक्राउ गरिएको हो ।

यस प्रकारको घटना इबाराकी प्रान्तमै पहिलो भएको समाचारमा जनाइएको छ ।