नेपालमा कोभिड संक्रमितको संख्या ४८,१३८, पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु

नेपालमा कोभिड संक्रमितको संख्या ४८,१३८, पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु


नेपालमा पछिल्लो २४ घन्टामा मंगलबार (२३ भदौ) थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म संक्रमितको कुल संख्या ४८ हजार १ सय ३८ पुगेको जनाए ।

प्रवक्ता गौतमका अनुसार काठमाडौं उपत्यकामा मंगलबार थप ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंका ३००, ललितपुरका ३८ तथा भक्तपुरका ५८ जनामा संक्रमण पुष्टि भएको हो।

बताइएअनुसार नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार २८७ जना रहेको छ । एकै दिन निको भएर जानेको संख्या यो अहिलेसम्मकै उच्च हो । यो सँगै हालसम्म कोेरोना संक्रमणबाट निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ३१० जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या १४ हजार ८६८ जना रहेको छ भने २४ घन्टामा ६ जनाको मृत्यु भएको छ ।