नेका महामन्त्री डा. कोइरालालाई कोरोना सङ्क्रमण

नेका महामन्त्री डा. कोइरालालाई कोरोना सङ्क्रमण


नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

महामन्त्री कोइरालाले मंगलबार (२३ भदौ) परीक्षणका क्रममा आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

कोभिड संक्रमण पुष्टि भए पनि डा. कोइरालालाई हाल स्वास्थ्यसम्बन्धी कुनै समस्या नदेखिएको जनाइएको छ ।

महामन्त्री कोइरालाका सहयोगी सुरज उप्रेतीले दिएको जानकारीअनुसार चिकित्सकहरुको सल्लाहअनुसार उनी हाल होम आइसोलेसनमा बसेका छन् भने आफूसँग प्रत्यक्ष सम्पर्कमा आएका सम्पूर्णमा आवश्यक सजगता अपनाउन पनि उनले अनुरोध गरेका छन् ।