भारतका गृहमन्त्री अमित शाह पुनः अस्पताल भर्ना

भारतका गृहमन्त्री अमित शाह पुनः अस्पताल भर्ना


भारतका गृहमन्त्र अमित शाहलाई पुनः अस्पताल भर्ना गरिएको छ ।

गत महिना कोरोना भाइरसबाट संक्रमित भएपछि दिल्लीको गुरुग्रामस्थित एक प्राइभेट अस्पतालमा उनको उपचार भएको थियो ।

संक्रमणमुक्त भएपछि उनलाइ गत ३१ अगष्टका दिर्न डिस्चार्ज गरिएको थियो ।

तर, रिपोर्ट निगेटिभ आएर अस्पतालबाट छुट्टी मिलेको केही दिनपछि नै उनलाई शरीर दुख्ने र थकाइ लाग्ने समस्या शुरु भएको बताइएको छ ।

यसपटक गृहमन्त्री शाहलाई दिल्लीकै एम्स अस्पताल भर्ना गरिएकोे छ ।

शाहका निकटतम व्यक्तिहरूलाई उद्धृत गर्दै बीसीसीले जनाएनुसार उनलाई सास फेर्न असजिलो भएपछि एम्स अस्पताल भर्ना गरिएको हो ।