भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ ।
आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको उनले सामाजिक सञ्जालबाट जानकारी दिएका हुन् ।
पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरुलाई तत्काल स्वास्थ्य परीक्षण गर्न र सतर्कता अपनाउन पनि भाजपाका पूर्वअध्यक्ष समेत रहेका गडकरीले आह्वान गरेका छन् ।
‘मैले हिजो कमजोर महसुस गरेँ, अनि मैले चिकित्सकसँग परामर्श गरेँ, अनि कोरोना परीक्षण गर्दा कोरोनाभाइरसबाट सङ्क्रमित भएको नतिजा आयो,’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
‘भगवानको कृपा र तपाईहरु सबैको सुभेच्छाले मलाई अहिले धेरै निको भइसकेको छ, म अहिले आराम महसुस गरिरहेको छु,’ उनले थप लेखेका छन् ।

प्रतिक्रिया