सामुहिक करणीपछि झुन्डिएर आत्महत्या गरेकी युवतीको घटनामा संलग्न पाँच जना पक्राउ

सामुहिक करणीपछि झुन्डिएर आत्महत्या गरेकी युवतीको घटनामा संलग्न पाँच जना पक्राउ


■ हेमशंकर सिंह, राजविराज

सामुहिक रुपमा जबर्जस्ती करणीको पीडा झेल्न नसकी झुण्डिएर आत्महत्या गरेकी युवतीको घटनामा संलग्न चार जनामध्ये घटनाका मुख्य अभियुक्त दुईासहित पाँच जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

भदौ ३० गते बिहानको राति अन्दाजी २ बजेर ३० मिनेटको समयमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न.७ बस्ने परिवर्तित नाम सविना (परिवर्तित नाम)की छोरी वर्ष १८ की परिवर्तित नाम फुलमायालाई जबरदस्ती करणी गर्नेमध्ये दुई जना र सो घटनालाई गाँउमै पञ्चैती गरी मिलाउन खोज्ने तीन जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा डाक्नेश्वरी नगरपालिका वडा न.७ बस्ने १९ वर्षीय बब्लु भन्ने सुमन मण्डल र सोही ठाँउ बस्ने वर्ष १८ को रंजित भन्ने सरोजकुमार मण्डल रहेका छन् ।

उनीहरुलाई भदौ १ गते बिहबिार राति इलाका प्रहरी कार्यालय कल्याणपुर र २ न.प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी तिलक भारतीले जानकारी दिनुभयो ।

यसैगरी गाउँमा छलफल गराउने स्थानीय मानिस र पञ्चहरुमध्ये डाक्नेश्वरी नगरपालिका ७ ब्रहमपुर बस्ने वर्ष ६५ को जयकान्त मण्डल, वर्ष ६० को बासुदेव मण्डल र बर्ष ५० को सत्यनारायण मण्डललाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

भदौ ३० गते मंगलवार बिहान ९ बजेतिर पीडित फुलमायालाई गाउँकै बब्लु भन्ने सुमन मण्डल, रंजित भन्ने सरोज मण्डल, बिसु भन्ने बिष्णु मण्डल र धर्मदेव मण्डलले सामुहिक जबर्जस्ती करणी गरेका थिए ।

जबर्जस्ती करणी गरेको घटनालाई लुकाउन र पीडकहरुलाई उन्मुक्ति दिने उद्देश्यले सोही दिन दिनको करिव २ बजेतिर गाउँकै स्थानीय मानिस र पञ्चहरु बसी पीडितलाई ललाई फकाई डरत्रासमा पारी प्रहरीमा उजुरी नगर्नु गाउँमै छलफल गर्ने भनी पीडक र पीडित पक्षबीच जबर्जस्ती छलफल गराएको अनुसन्धानको क्रममा खुलेको डिएसपी भारतीले बताउनुभयो ।

भदौ ३० गते मंगलबार बिहानको रातति करिब २ः३० बजेतिर पप्डितले आफ्नै घरको बरण्डामा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

पक्राउ परेकाहरुका विरुद्वमा इलाका पहरी कार्यालय कल्याणपुरबाट जबर्जस्ती करणी तथा आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता भई म्याद थप अन्य अनुसन्धान कार्य भइरहेको डिएसपी भारतीले घटना र बिचारलाई जानकारी दिनुभयो ।