नेपालमा आइतबार (४ असोज) १३२५ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा थप पुष्टि भएका १३२५ जनासँगै नेपालमा संक्रमितको कुल संख्या ६४,१२२ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले जनाएअनुसार आइतबार ९ सय ६६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४६ हजार २ सय ३३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंका ६०२, ललितपुरका ६४ तथा भक्तपुरका १०१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ८४ जनाको पीसीआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ।
हाल देशभर संक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ७८ रहेको छ । ७ हजार ४ सय ५१ जना क्वारेन्टिनमा छन् ।
प्रतिक्रिया