नेपालमा कोभिड १९ बाट कुल ६५,२७६ संक्रमित, मृत्यु हुनेको संख्या ४२७

नेपालमा कोभिड १९ बाट कुल ६५,२७६ संक्रमित, मृत्यु हुनेको संख्या ४२७


नेपालमा सोमबार (५ असोज) थप ११५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएको सहित नेपालमा कुल संक्रमित संख्या ६५,२७६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जनाएअनुसार नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । ३ महिला र १३ पुरुषको मृत्यु भएको हाो ।

मन्त्रालयका अनुसार झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८, भक्तपुरमा ८४ र ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । काठमाडौंमा ५८ र ७३ वर्षीय, मकवानपुरमा ६८, ललितपुरमा ६१, चितवनमा ५५, रुपन्देहीमा ६७, बाँकेमा ५० र ५९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

यस्तै, मकवानपुरमा १७, ललितपुरमा ५८ र दोलखामा ५२ वर्षिया महिलाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ ।

बताइएअनुसार सोमबार (५ अससोज) १ हजार १ सय ५४ जनामा संक्रमण देखिएको छ भने ९ हजार ५ सय ३३ पीसीआर परीक्षण भएकोमा ४ सय १८ महिला र ७ सय ३६ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ५ सय ३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा संक्रमण देखिएको हो ।