नेपालमा पछिल्लो २४ घण्टामा थप १३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६४७ जनामा संक्रमण पुष्टि भएको छ । बताइएअनुसार काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार मंगलबार ८ सय २३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या ४८,०६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार १ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर १८ हजार १ सय ४२ जना संक्रिय संक्रमित छन् । ७ हजार १ सय ७१ जना क्वारेन्टिनमा रहेका छन्।
यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक महिला र एक पुरुष छन् ।
काठमाडौंका ५० वर्षीय पुरुष र काभ्रेकी ५० वर्षीया महिलाले पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२९ पुगेको छ।
प्रतिक्रिया