नेपालभर कोरोना संक्रमित संख्या ६७,८०४, मृत्यु हुनेको कुल संख्या ४३६

नेपालभर कोरोना संक्रमित संख्या ६७,८०४, मृत्यु हुनेको कुल संख्या ४३६


पछिल्लो २४ घण्टामा नेपालमा थप १,१७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६७,८०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक महिला र ७ पुरुष छन्।

झापाका ८६ वर्षीय पुरुष, सिरहाका ५० वर्षीय पुरुष, काठमाडौंका १६ वर्षीय किशोर र ६८ वर्षीया महिला, ललितपुरका ७४ वर्षीय पुरुष र बर्दियाका ६४ र ३९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४३६ पुगेको छ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा बुधबार (७ असोज) थप ६३७ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । काठमाडौंका ४९२, ललितपुरका ५० तथा भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ११७२ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ९७ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर १७ हजार ४ सय १४ जना संक्रमित रहेका छन् । यस्तै ७ हजार १ सय ४ जना क्वारेन्टिनमा रहेका छन् ।