विद्युत प्राधिकरणको जिप बाढीले बगाउँदा दुई जनाको मृत्यु

विद्युत प्राधिकरणको जिप बाढीले बगाउँदा दुई जनाको मृत्यु


विशेष प्रतिनिधि, कपिलवस्तु

कपिलवस्तुको बाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरणको जिप बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार (७ असोज) दिउँसो ४ बजे बाणगंगा नगरपालिकाको वडा नं ९ भलवाडमा बिद्युतसम्बन्धी समस्या समाधान गरेर फर्किने क्रममा बा १ ञ १०८९ नम्बरको जिप बगाएको थियो । मोतिपुर कजवे पार गर्ने क्रममा बगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

मृत्यु हुनेमा गुल्मी जिल्ला रेशुंगा नगरपालिका उपल्लो तम्घासका विद्युत प्राधिकरणका सवारी चालक माधव पाण्डे रहेका छन् । एक जनाको शव गाडीभित्र रहेको र निकाल्ने प्रयास भइरहेको बताइएको छ । जिपभित्र बिद्युत प्राधिकरण जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र नाम नखुलेका एक जना व्यक्तिसमेत थिए ।

जिपमा चार जना विद्युतका कर्मचारी र दुई जना सर्वसाधरण चढेका थिए । दुई कर्मचारी र एक सर्वसाधरण भाग्न सफल भएका बाणगंगा नगरपालिका वडा नं. ८ का अध्यक्ष विष्णु गिरीले बताए ।

खोजतलासका लागि घटनास्थलमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी २८ नं. गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ध्रुव कार्कीले बताए । खोलामा पानीको बहाव चर्को भएकोले खोजतलास गर्न असहज भएको बताइएको छ ।