आजको पञ्चाङ्ग एवम् राशिफल (१० असोज २०७७ शनिबार, २६ सेप्टेम्बर २०२०)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० असोज २०७७ शनिबार, २६ सेप्टेम्बर २०२०)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्रीशाके १९४२ शरद ऋतु प्रमादीनामक संवत्सर नेपाल सं. ११४० वि.सं. २०७७ आश्विन १० गते शनिबार तद्अनुसार सन् २०२० सेप्टेम्बर २६ तारिख अधिक आश्विन शुक्लपक्ष दशमी तिथि उत्तराषाढ़ा नक्षत्र अतिगण्ड योग तैतिल करण आनन्दादियोगमा राक्षस योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः५८ मा भयो र सूर्यास्त साँझ १७ः५४ मा हुनेछ ।

आजको राशिफल :

मेष – दिन कार्यमा सफलता दिने खालको रहनेछ । अन्नधन बढ्नेछ । मान पुरस्कार प्राप्तिको अवसर पाउन सकिनेछ । खेलकुद र भ्रमणमा रुचि होला । मिठो भोजन मिल्नेछ । आयवृद्धि हुनेछ । हांसविलासमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । भागदौड पनि चलिरहला । लगानी उठ्ने दिन छ ।

बृष – दिन शुभ र भाग्यवर्द्धक रहला । उन्नति–पदोन्नति हुनेछ । आयस्रोत बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता बढ्ला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । सुख सम्पत्ति वृद्धि होला । रसरागमा आकर्षित हुनुहुनेछ । मान–पुरस्कार प्राप्ति हुनेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

मिथुन – यात्रा होला । अन्नधन बढ्नेछ । दूर देशबाट शुभ समाचार सुन्नुहुनेछ । आयमा वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । ऐश्वर्य बढ्नेछ । रोकिएको धन मिल्नेछ । कार्यमा सफलता पाउनुहुनेछ । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । विजयश्री प्राप्त होला ।

कर्कट – भोगविलासमा रुचि बढ्ला । भागदौड चलिरहनेछ । समस्याको समाधान होला । विवादमा नपर्नु हितकर होला । आफ्नै बल–विवेकले काम गर्ने प्रयत्न गर्नुहाोला । जोखिम मोल्ने समय होइन ।

सिंह – ऋण रोग र शत्रुप्रति विजय प्राप्ति होला । अस्तव्यस्ततामा कमी हुनेछ । काममा विजय प्राप्त होला । देखिएको समस्या समाधान हुनेछ ।

कन्या – मिठो भोजन मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पति ऐश्वर्य बढ्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । सबै प्रकारले अनुकूलता वृद्धि हुनेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला ।

तुला – ग्रहगोचर शुभ फलदायक रहला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु उचित रहनेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । मान सम्मानमा निरन्तर वृद्धि भैरहनेछ । मिठो भोजन खान पाउनु हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – समय अनुकूल र फलदायक रहला । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र एवम् सन्ततिसुख बढ्नेछ । विवादमा नपर्नु हितकर होला । आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ । आफन्तको सहयोग पनि मिल्नेछ । आर्थिक पक्ष बलियै रहने छ । लगानी वृद्धि हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । उन्नति–पदोन्नति होला । भोग विलासमा आकर्षण बढ्नेछ ।

धनु – धनको आवागमन भइरहनेछ । भागदौड वृद्धि हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । सुख समृद्धि बढ्नेछ । विवादबाट बच्नुहोला । मिहीनेतयुक्त काममा रूचि वृद्धि होला । अरुको भर नपर्नु नै हितकर रहला ।

मकर – आशा उत्साह बढ्ला । यात्रा होला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री मिल्नेछ । आयस्रोत बढ्ला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ । लगानी उठ्नेछ ।

कुम्भ – प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मान प्रसंशा बढ्नेछ । शुभ समाचार प्राप्त होला । विकासको नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि होला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । व्यस्त रहनु हुनेछ ।

मीन – आरोग्यता बढ्ला । सुख शान्ति बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न भैहाल्नेछ । शुभ काममा भाग लिनु हुनेछ । यश वर्चश्व बढ्ला । धन यश मान पद प्रतिष्ठा बढ्ला । शुभ काम बन्नेछ । गौरव बढ्ला । सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नु हुनेछ । आँट पराक्रम बढ्नेछ । ऐश्वर्य वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ ।