ललितपुर मनपा, गोदावरी र महालक्ष्मी नपाका प्रमुखहरुलाई कोरोना संक्रमण

ललितपुर मनपा, गोदावरी र महालक्ष्मी नपाका प्रमुखहरुलाई कोरोना संक्रमण


ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन कोरोना भाइरसबाट संक्रमित भएका छन् । शुक्रबार आएको रिपोर्टमा मेयर महर्जनमा संक्रमण देखिएको हो । बिहीबार उनको स्वाब संकलन गरिएको लपु महानगरपालिकाका सूचना अधिकारी रुद्रप्रसाद गौतमले जानकारी दिएका छन् ।

यस्तै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उनकी धर्मपत्नी गङ्गामायालाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही असोज ६ गते स्वाब सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाएकोमा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

हाल महर्जन दम्पती होम आइसोलेसनमा रहेको र गाह्रो भयो भने मात्र अस्पताल जाने निर्णय गरिएको प्रमुख महर्जनले जानकारी दिएका छन् ।

यसैगरी महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उनकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक बुधबार कोरोना सङ्क्रमण पुष्टिसहित नतिजा आएको छ । उनीहरु दुवैले यतिबेला ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहेका बुझिएको छ ।