‘यात्रा गरेको दुई साताभित्र कुनै लक्षण नदेखिए कोरोना परीक्षण गर्नु पर्दैन’

‘यात्रा गरेको दुई साताभित्र कुनै लक्षण नदेखिए कोरोना परीक्षण गर्नु पर्दैन’


यात्रा गर्नेबित्तिकै आशङ्कामा कोरोना परीक्षण नगर्न सरकारले सबैमा आग्रह गरेको छ । सङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको पाँच दिनअघि परीक्षण गराउँदा आफूमा सङ्क्रमण छ–छैन भन्ने थाहा नहुने भन्दै स्वास्थ्य मन्त्रालयले यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण नगर्न आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यात्रा गर्ने व्यक्तिले दुई सातासम्म क्वारेन्टिनमा बस्नुपर्ने र सो अवधिमा कोरोना भाइरससम्बन्धी कुनै लक्षण देखिएमा स्थानीय सरकारलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो । दुई सातासम्म कोरोना सङ्क्रमणको कुनै लक्षण नदेखिए पिसिआर परीक्षण गर्नु आवश्यक नहुने उहाँको भनाइ छ । अत्यन्त जरुरी भए मात्र यात्रा गर्न सुझाव दिँदै उहाँले यात्राका क्रममा तोकिएको जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अनुरोध गर्नुभयो ।

लकडाउन खुलेलगत्तै विभिन्न पेशा व्यवसायका सिलसिलामा राजधानी भित्रने व्यक्तिलाई घरधनी वा छिमेकीले पिसिआर परीक्षण गरेर मात्र आउन दबाब दिएको र पिसिआर परीक्षणका लागि सर्वसाधारणले दुःख पाएको भन्दै मन्त्रालयले राजधानी भित्रने बित्तिकै परीक्षणका लागि दबाब नदिन पनि अनुरोध गरेको छ । उहाँले आफ्नो घरमा भाडामा बस्नेलाई यात्रा गरी आएको दुई सातासम्म कोठाभित्रै एक्लै बस्ने वातावरण सिर्जना गरिदिन आग्रह गर्नुभयो । “कोठामा बस्ने हरेक मानिस तपाईंका परिवारका सदस्य जस्तै हुन्, सधैँ पैसा तिरेर तपाईंको गर्जो टार्ने व्यक्तिलाई पराइको व्यवहार नगर्न र अप्ठ्यारो परिस्थितिमा मानवीयता नगुमाउन अनुरोध गर्दछु”, उहाँले भन्नुभयो ।

आधा सङ्क्रमित उपत्यकामा

पछिल्लो २४ घन्टामा काठमाडौंमा उपत्यकामा ७२४ सहित देशभर एक हजार २०७ कोरोना सङ्क्रमित थपिएका छन् । कूल १० हजार १९ नमूना परीक्षणका क्रममा ७९६ पुरुष र ४११ महिलामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना सङ्क्रमिते सङ्ख्या ७१ हजार ८२१ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौँमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ सङ्क्रमित थपिएका छन् । कुल सङ्क्रमिते आधाभन्दा बढी काठमाडौँ उपत्यकामा छन् । उपत्कायका तीनै जिल्लामा सक्रिय सङ्क्रमिते संख्या ५०० बढी छ । मोरङमा ७८, रुपन्देहीमा ७३, बाँकेमा ३०, दाङमा २८, पर्सामा २४, सुनसरीमा २३, मकवानपुर र काभ्रेपलाञ्चोकमा १७-१७, डोटी र सिन्धुलीमा १५–१५ तथा अछाममा १३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै चितवनमा १२, सप्तरीमा ११, नवलपरासी र कास्कीमा १०–१०, बर्दिया, रामेछाप, धादिङ र झापामा सातरसात, रोल्पा र रौटहटमा ६–६, दार्चुला, प्यूठान र गुल्मीमा पाँच–पाँच, स्याङ्जा, तनहुँ, सिन्धुपाल्चोक, सर्लाही, बारा र धनुषामा चार–चार, पाल्पा, कपिलवस्तु र गोरखामा तीन–तीन, बझाङ, अर्घाखाँची, नुवाकोट र भोजपुरमा दुई–दुई, सल्यान, कञ्चनपुर, बैतडी, नवलपरासी पूर्व, लमजुङ, बाग्लुङ, दोलखा, सिरहा, महोत्तरी, सोलुखुम्बु र उदयपुरमा एक–एक सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा एक हजार १४७ जना कोरोना निको भएका छन् । कोरोना सङ्क्रमण मुक्त दर ७३।८ प्रतिशत पुगेको छ । अहिलेसम्म ५३ हजार १३ जना कोरोना मुक्त भएका छन् ।

मुलुकभर १८ हजार ३४१ सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये १० हजार ५०८ होम आइसोलेनस र सात हजार ८३३ संस्थागत आइसोलेनसमा छन् । ६ हजार ३३१ जना क्वारेन्टिनमा छन् । हालसम्म नौ लाख ७८ हजार २०४ वटा नमूना पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

जटिल बिरामी बढ्दै

पछिल्ला केही दिनयता जटिल कोरोना सङ्क्रमिते सङ्ख्या बढेको छ । शनिबारसम्म २४४ को आइसियू र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बाग्मती प्रदेशमा १२१, प्रदेश ५ मा ४४, प्रदेश २ मा २०, कर्णाली प्रदेशमा १८, प्रदेश १ मा १५ र गण्डकी प्रदेशमा ६ जनाको आइसियूमा उपचार भइरहेको छ । यस्तै बाग्मती प्रदेशमा २३, प्रदेश ५ मा तीन र प्रदेश १ मा १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय सङ्क्रमित छैनन् ।

आठको मृत्यु

पछिल्लो २४ घन्टामा आठ पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । काठमाडौंका दुई, सप्तरी, भक्तपुर, मकवानपुर, ललितपुर, रुपन्देही र कैलालीका एकरएक जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४६७ पुगेको छ । कुल सङ्क्रमिते ०.६५ प्रतिशतको ज्यान गएको छ ।

विश्वभर हालसम्म तीन करोड २७ लाख ७० हजार ९९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये नौ लाख ९३ हजार ५५५ को ज्यान गएको छ भने दुई करोड ४१ हजार ७९ हजार ७६ जना निको भएका छन् ।