पछिल्लो २४ घण्टामा नेपालमा थप १,५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार थपिएकासहित कोरोना संक्रमितको कुल संख्या ७६,२५८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मंगलबार थप ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौंका ७४७, ललितपुरका ११४ र भक्तपुरका ७३ जनामा संक्रमण पुष्टि भएको हो । देशभर १,५१३ जना संक्रमित थपिएका छन् ।
मंगलबार ७९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५५,३७१ पुगेको छ।
पछिल्लो २४ घण्टामा १० हजार ८ सय ९१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २०,३९६ रहेको छ भने ५,७७८ जना क्वारेन्टिनमा छन् ।
यसैबीच बाँकेमा मंगलबार थप दुई जना कोरोना सङ्क्रमित मृत्यु भएको छ ।
मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–७ रानी तलाउका ३९ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–१० का ५३ वर्षीय पुरुष रहेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाडले जानकारी दिए । यससँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।
प्रतिक्रिया