नेपालमा एकै दिन २,७२२ जना संक्रमित, कुल संख्या ८२,४५० पुग्यो

नेपालमा एकै दिन २,७२२ जना संक्रमित, कुल संख्या ८२,४५० पुग्यो


नेपालमा कोरोना भाइरस संक्रमितको संख्या शुक्रबार बयासी हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थपिएका २,७२२ सहित कुल संख्या ८२,४५० पुगेको हो । एकै दिन संक्रमित थपिएको यो हालसम्मकै उच्च सख्या हो ।

काठमाडौं उपत्यकामा शुक्रबार थप १,६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १ हजार २ सय ८०, ललितपुरका १६२ तथा भक्तपुरका १९६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३ सय ७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६०,६९६ जना पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।