धरानमा कोभिडसङ्क्रमित युवतीको मृत्यु

धरानमा कोभिडसङ्क्रमित युवतीको मृत्यु


धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनासङ्क्रमित युवतीको मृत्यु भएको छ ।

सुनसरीको इनरुवा नगरपालिका–४ की २८ वर्षीया युवतीको उपचारको क्रममा शनिबार (१७ असोज) बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशीस श्रेष्ठले जानकारी दिए ।

बताइएअनुसार उनलाई असोज ८ गते सङ्क्रमण पुष्टि भएपछि सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

दिवंगत महिलालाई कुनै दीर्घ रोग भने नभएको प्रतिष्ठानले जनाएको छ ।

योसँगै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।