शनिबार थपिए दुई हजार बढी सङ्क्रमित, मृत्यु हुनेको सङ्ख्या ५२८

शनिबार थपिए दुई हजार बढी सङ्क्रमित, मृत्यु हुनेको सङ्ख्या ५२८


शनिबार काठमाडौं उपत्यकामा १,१७७ सहित गरी देशैभर २,१२० जनामा थप कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ मुक्त भई घर फर्किनेको सङ्ख्या दुई हजार ४४ रहेको जानकारी दिए।

बताइएअनुसार हालसम्म देशभरी जम्मा सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ३०२ र संस्थागत आइसोलेसनमा रहेका व्यक्तिहरुको सङ्ख्या ९ हजार ७७३ छ ।

प्रदेश १ मा २४०, प्रदेश २ मा ६११, बाग्मती प्रदेशमा छ हजार ८९३, गण्डकी प्रदेशमा ३८७, प्रदेश ५ मा ९५१, कर्णाली प्रदेशमा ३७७ र सुदुरपश्चिम प्रदेशमा ३१४ जना रहेका जानकारी दिँदै प्रवक्ता गौतमले भने, “होम आइसोलेसनमा रहनुभएका व्यक्तिहरुको सङ्ख्या प्रदेश १ मा एक हजार ७०५, प्रदेश २ मा ५१८, बाग्मती प्रदेशमा सात हजार ३७, गण्डकी प्रदेशमा ५३२, प्रदेश ५ मा एक हजार २०५, कर्णाली प्रदेशमा २३०, सुदुरपश्चिम प्रदेशमा ३०२ जना गरी जम्मा एघार हजार ५२९ जना हुनुहुन्छ ।”

मन्त्रालयका अनुसार गत २४ घण्टामा गरिएको पिसिआर १२ हजार ९७८ मा गरिएको छ । त्योसँगै हालसम्म १० लाख ६१ हजार ६६४ परीक्षण गरिएको छ । क्वारेन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ४ हजार २७३ छ । प्रदेशअनुसार प्रदेश १ मा ५०८, प्रदेश २ मा १२७, बाग्मती प्रदेशमा ५०७, गण्डकी प्रदेशमा ६४१, प्रदेश ५ मा एक हजार २०९, कर्णाली प्रदेशमा ६०३ र सुदुरपश्चिम प्रदेशमा एक हजार ६७८ जना रहेका छन् । सङ्क्रमण मुक्त भई हालसम्म घर फर्कनेको सङ्ख्या ६२ हजार ७४० जना रहेका छन् ।

कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या ७४.१ प्रतिशत छ । देशैभरी आइसियुमा उपचाररत विरामीको सङ्ख्या २१७ हुनुहुन्छ । भेन्टिलेटरमा उपचारत सङ्ख्या जम्मा ३१ रहेको छ । कोभिड–१९ बाट ८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ५२८ पुगेको छ ।

मोरङ, सिरहा, ललितपुर, काठमाडौं, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढि सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् । विश्वमा हालसम्मको तथ्याङ्क हेर्दा तीन करोड ४८ लाख ३७ हजार ४२ जना व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ । त्यसमा निको हुनेको सङ्ख्या दुई करोड ५१ लाख ५७ हजार ६६० रहेको छ ।