कांग्रेस पार्टी कार्यालय पाँच दिनका लागि बन्द

कांग्रेस पार्टी कार्यालय पाँच दिनका लागि बन्द


नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द गरिएको छ ।

पार्टीका नेताहरुमा कोरोना संक्रमण देखिएपछि पार्टी कार्यालय पाँच दिनका लागि बन्द गर्ने निर्णय भएको सो पार्टी कार्यालयले जनाएको छ ।

यही असोज २२ गतेसम्मका लागि सानेपास्थित पार्टीको केन्द्रीय कार्यालय बन्द गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी जानकारी गराएका छन् ।

ज्ञातव्य छ, कांग्रेसका नेता गगन थापा, अर्जुननरसिंह केसीलगायतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।