नेतामा कोरोना सङ्क्रमण देखिएपछि निर्धारित काङ्ग्रेस बैठक सऱ्यो

नेतामा कोरोना सङ्क्रमण देखिएपछि निर्धारित काङ्ग्रेस बैठक सऱ्यो


नेपाली कांग्रेसले पार्टीको केन्द्रिय कार्य समिति बैठक आगामी २५ गते आइतबार दिउँसो २ बजे बस्ने जानकारी दिएको छ ।

यसअघि १९ असोज सोमबारका लागि बैठकको मिति तोकिएको थियो ।

तर, कांग्रेस कार्यालयमा गत बिहीबार गरिएको पिसिआर परीक्षणको नतिजास्वरुप कतिपय पार्टीनेतामा कोरोना भाइरस पोजेटिभ देखिएका कारण बैठकको मिति सारिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार पार्टीका नेताहरू अर्जुननरसिंह केसी, गगन थापा, जंगीलाल राय, कल्पना चौधरी, शम्भुलाल श्रेष्ठ, रमेश रिजाल, अजयकुमार चौरसियालगायतमा कोरोना पोजेटिभ देखिएको छ ।