अनसनरत केसीसँग अविलम्ब वार्ता गरी माग पूरा गर्न देउवाको आग्रह

अनसनरत केसीसँग अविलम्ब वार्ता गरी माग पूरा गर्न देउवाको आग्रह


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगत २१ दिनदेखि अनशनरत गोविन्द केसीको जटिल स्वास्थ्य स्थिति दृष्टिगत गरी अविलम्ब वार्ता गररेर माग पूरा गरिदिन सरकारसँग आग्रह गरेका छन् ।

सभापति देउवाले आइतबार (१८ असोज) एक अपिल जारी गरी चिकित्सा शिक्षामा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदम चाल्नेसमेतका डाक्टर केसीका माग केवल एक व्यक्तिको मात्र नभएको भन्दै जनभावनानुरुपका माग र आवाजको सुनुवाइ गरी अनसनरत चिकित्सकको जीवन रक्षा गर्नु सरकारको कर्तव्य भएको उल्लेख गरेका छन् ।

केसीका माग पूरा गर्दै आफ्नो नेतृत्वमा रहेकोे अघिल्लो सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश’ २०७४ कात्तिक २४ मा जारी गरे पनि वर्तमान सरकारले त्यसलाई विस्थापित गर्नाको परिणाममा आजको स्थिति उब्जिएको देउवाको अपिलमा उल्लेख गरिएको छ ।

जनाउँदै वर्तमान प्रधानमन्त्रीकै अग्रसरतामा २०७५ साउनमा डा केसीसँग गरिएको सम्झौता फेरि पनि संवादमार्फत समाधानमा पुगेर सार्थक कार्यान्वयनमा इमान्दारी प्रस्तुत गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

सभापति देउवाले संवादमार्फत समाधानमा पुगेर त्यसको सार्थक कार्यान्वयनमा इमान्दारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई आग्रह गर्दै डा. केसीको जटिल बनेको स्वास्थ स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, मागहरू पूरा गर्न र उनको जीवन रक्षा गर्न किञ्चित ढिलाइ नगर्न आग्रह गरेका छन् ।

ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनीसमेत देउवाले दिएका छन् ।