प्रदेश ५ मा नेकपाको संसदीय दलको बैठक शुरु

प्रदेश ५ मा नेकपाको संसदीय दलको बैठक शुरु


विशेष प्रतिनिधि, बुटवल

प्रदेशसभामा पेश भएको प्रदेश ५ को स्थायी राजधानी र नामबारे छलफलका लागि सत्तारुढ दल नेकपाको संसदीय दलको बैठक शुरु भएको छ ।

बिहान ७ बजेपछि संसदीय दलको कार्यालयमा बैठक भनेर सांसदहरुलाई बोलाइए पनि मुख्यमन्त्री ११ बजेपछि मात्रै प्रदेश सभा परिसरमा प्रवेश गरेका छन् । कडा सुरक्षाबीच संसद भवन परिसर प्रवेश गरेका मुख्यमन्त्रीसँगै मन्त्रीहरु पनि बैठकस्थल पुगेका छन् ।

नेकपा संसदीय दलको कार्यालयमा बैठक शुरु भएको छ। बैठकमा मुख्यमन्त्रीले सांसदहरुलाई निर्देशन दिने सम्भावना छ।

सांसदहरुले पार्टीले ह्वीप लगाउने तयारी भएको जनाएका छन् ।