प्रदेश ५ को राजधानी बुटवल नै हुनुपर्छ : नेता खाण

प्रदेश ५ को राजधानी बुटवल नै हुनुपर्छ : नेता खाण


विशेष प्रतिनिधि, बुटवल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले प्रदेश ५ को राजधानी बुटवल नै हुनुपर्ने धारणा व्यक्त गरेका छन् । एक विज्ञप्ति जारी गर्दै नेता खाणले षडयन्त्रपूर्वक ढंगले बुटवलबाट अन्यत्र सानै लागेको भन्दै आपत्ति जनाएका हुन् ।

‘प्रदेश सरकारले विज्ञको सल्लाह र सुझावलाई पन्छाएर नयाँ ठाउँमा षड्यन्त्रपूर्ण राजधानी सार्ने प्रस्तावले यस क्षेत्रका जनता विरोध र प्रतिकारमा उत्रन पर्ने अवस्था सिर्जना हुनु दुःखद पक्ष हो,’ खाणले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘प्रदेश ५ को राजधानी सार्ने कार्यको विरोध कार्यक्रममा शान्तिपूर्ण रुपले आन्दोलनमा सहभागी हुन रुपन्देहीवासीलाई हार्दिक आग्रह गर्दछु ।’ उनले राजनीतिक पूर्वाग्रह राखेर बुटवलबाट अन्यत्र सार्ने काम नगर्न पनि भनेका छन् ।

प्रदेश नम्बर ५ सरकारको निर्णयपछि बुटवलबाट दाङमा स्थायी राजधानी सार्ने प्रस्ताव प्रदेश संसदमा दर्ता भएको छ ।