नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण

नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण



राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारका नवनियुक्त तीन मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन, शीतल निवासमा बिहीबार (२९ असोज) आयोजित विशेष समारोहमा शपथ लिनेहरुमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठ रहेका छन् ।

प्रधानमन्त्रीको सिफारिशमा तीनैजना बुधबार मन्त्रीमा नियुक्त भएका थिए ।

शपथ ग्रहणको अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा मन्त्रिगणलगायतको उपस्थिति थियो ।