काठमाडौंमा सोमबार थपिए २००८ संक्रमित, कुल संख्या १,३६०३६, मृतक संख्या ७५७

काठमाडौंमा सोमबार थपिए २००८ संक्रमित, कुल संख्या १,३६०३६, मृतक संख्या ७५७



नेपालमा सोमबार (३ कात्तिक) ३,७९० जना कोरोना संक्रमित थपिएका छन् । नेपालभर अब कोरोना संक्रमितको संख्या १,३६०३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २,३३५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या ९४,५०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २,३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २००८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७५७ पुगेको छ।