चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी शनिबार (९ साउन) साँझ भोटेकोसीमा खस्दा चालकसहित इभी बेपत्ता भएको छ ।
रसुवाका सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीका अनुसार सवारीसाधनसँगै बेपत्ता हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका-३ निवासी २२ वर्षीय सविन तामाङ रहेका छन् ।
सो सवारीसाधन भन्सार जाँचपास गराई काठमाडौं ल्याउने क्रममा गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुबेँसीको दक्षिण चिलिमे जलविद्युत् केन्द्रनजिक भोटेकोसीमा खसेको सहायक प्रजिअ अधिकारीले जानकारी दिए ।
घटनाको सूचना पाउँनासाथ खोज र उद्वारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षा निकाय परिचालन गरिएको र भौगोलिक असहजतालाई कुनै परवाह नगरी खोजीकार्य तीव्र रूपमा भइरहेको सहायक प्रजिअ अधिकारीको भनाइ छ ।
Representative image
प्रतिक्रिया