गत शनिबार राति मोटरसाइकलमा गस्तीमा गएका बेला सम्पर्कविहीन भएका धनगढी उपमहानगरपालिका–१२ जुगेडा स्थित अस्थायी प्रहरी पोष्टका इञ्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउद दुवै जनाको धारिलो हतियार प्रयोग गरि घाँटी रेटिएको खुल्न आएको प्रहरीले जनाएको छ ।
हत्या गरिएका दुईमध्ये प्रहरी सहायक निरीक्षक विकको शव आइतबार बिहानै फेला परे पनि प्रहरी जवान साउदको शव मोहना नदीमा गाडिएको अवस्थामा फेला परेको छ । साउदको शव मोहना नदीको बीचमा गाडेको अवस्थामा मंगलबार फेला परेको हो ।
शनिबार जुगेडा अस्थायी प्रहरी पोष्टबाट असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउद बा. ५८ प ५२८४ नम्बरको मोटरसाइकल लिएर गस्तीमा गएका बेला सम्पर्कविहीन भएका थिए।
उनीहरुको निर्मम तवरले हत्या गरिएकाो र तस्करको समूहले नै आक्रमण गरि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया