पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमितको संख्या १,३९,१२९ पुगेको छ । मंगलबार काठमाडौं उपत्यकामा थप १,७०२ समेत ३,०९३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संख्या एक लाख चालिस हजारनजिक पुगेको हो ।
पछिल्लो २४ घण्टामाा काठमाडौंका १,४३१, ललितपुरका १२३ तथा भक्तपुरका १४८ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७६५ पुगेको छ।
मंगलबार २, १०८ जना कोरोना संक्रमित डिस्चार्ज भएका र हालसम्म डिस्चार्ज हुनेको संख्या ९६,६०९ पुगेको मन्त्रालयले जनााएको छ।
प्रतिक्रिया