कावुल विश्वविद्यालयमा आतंकवादी हमला, १९ जनाको मृत्यु, २२ घाइते

कावुल विश्वविद्यालयमा आतंकवादी हमला, १९ जनाको मृत्यु, २२ घाइते


अफगानिस्तानको कावुल युनिवर्सिटीमा आतंकवादी आक्रमण भएको छ । सो हमलामा कम्तीमा १९ जनाको मृत्यु भएको र २२ जना घाइते भएका छन् ।

अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता तारिक आर्यानलाई उद्धृत गर्दै बबीसीले जनाएअनुसार तीन जना बन्दुकधारीहरु विश्वविद्यालयको परिसरमा प्रवेश गरी जथाभावी फायरिङ गरेका थिए । त्यसपछि क्याम्पसमा भागदौड मच्चिएको थियो । छात्रछात्राहरु ज्यान जोगाउन चौतर्फी दौडिएका थिए ।

अफगानी सुरक्षाकर्मीहरुले विश्वविद्यालयलाई घेराबन्दी गरी नियन्त्रणमा लिएका र आतंककारी तर्फका फायरिङको जवाफ दिएका बताइएको छ ।

यस घटनामा आफ्नो संलग्नता नरहेको तालिवानले जनाएको छ ।

ज्ञातव्य छ, अफगानिस्तानका शैक्षिक संस्थाहरुलाई पहिलेदेखि नै आतंकवादीहरुले निशाना बनाउँदै आएका छन् ।