कोरोना भाइरसबाट विश्वमा १२ लाख २७ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वमा १२ लाख २७ हजारभन्दा बढीको मृत्यु



चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरदेखि शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख २७ हजार ९६ व्यक्तिको मृत्यु भएको जोन्स हप्किङ विश्वविद्यालयले जानकारी दिएको छ ।

कोरोना भाइरसबाट हालसम्म ४ करोड ८२ लाख १५ हजार ७३२ व्यक्ति संक्रमित भइसकेका छन् । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३३ हजार ७३४ जनको मृत्यु भएको छ । अमोरिकामा ९४ लाख ८८ हजार ८७५ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।

अमेरिकापछि ब्राजिलमा कोरोना भाइरस संक्रमणको हिसाबबाट दोस्रो स्थानमा रहेको छ । यहाँ ५५ लाख ९० हजार २५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । एक लाख ६१ हजार १०६ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ ।

भारतमा १ लाख २४ हजार ३१५ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । यहाँ ८३ लाख ६४ हजार ८६ कोरोना भाइरस संक्रिमित भएका छन् । मेक्सिकोमा यस भाइरसका कारण ९३ हजार २२८ जनाको मृत्यु भएको छ भने ९ लाख ४३ हजार ६३० जना संक्रमित भएका छन् ।

संयुक्त अधिराज्यमा ४७ हजार ८३२ जनाको मृत्यु भएको छ भने ११ लाख २ हजार ३१६ जनाको कोरोना भाइरस संक्रमित भएका छन् । चीनमा कोरोना भाइरसबाट ८६ हजार व्यक्ति संक्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।