चीनको वैदेशिक व्यापार ४.६ प्रतिशतले बढ्यो

चीनको वैदेशिक व्यापार ४.६ प्रतिशतले बढ्यो



कोरोना महामारीको विश्वव्यापी प्रहारपछि यस वर्ष चीनको वैदेशिक व्यापार बढेको चिनियाँ भन्सार प्रशासनले जानकारी दिएको छ । बताइएअनुसार गत वर्षको तुलनामा यसवर्षको चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी चीनको निर्यात बजारमा पनि बृद्धि भएको पनि समाचारमा जनाइएको छ । गत वर्षको तुलनामा यसै वर्ष चीनको निर्यातमा ७.६ प्रतिशले वृद्धि भएको देखिएको हो । त्यस्तै सोही अवधिमा चीनको आयात भने ०.९ प्रतिशतले मात्र बढेको पनि सिन्ह्वाले जनाएको छ ।