विश्वकै सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका खलिफाको निधन

विश्वकै सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका खलिफाको निधन



विश्वमै सबैभन्दा लामो समय प्रधानमन्त्री भएका बहराइनका प्रधानमन्त्री खलिफा बिन सल्मान अल खालिफाको निधन भएको छ । देशका राजकुमार समेत रहेका उनको ८४ बर्षको उमेरमा बुधबार निधन भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकास्थित मायो क्लिनिकमा केही समयदेखि उपचार गराइरहेका उनको उपचारकै क्रममा निधन भएको हो ।

सानो अरबी मुलुक बहराइनका शक्तिशाली र अत्यन्त धनी व्यक्तिका रुपमा चिनिएका खलिफाको निजी टापू नै थियो भने विदेशीहरुलाई उनले त्यहीँ भेट्ने गर्दथे ।

बहराइनका राजा शेख हमाद बिन इसा अल खलिफाले उनको शोकमा एकहप्ते राष्ट्रिय शोक घोषणा गरेका छन् ।

खलिफा विश्वकै सबैभन्दा लामो कार्यकाल प्रधानमन्त्री भएका व्यक्तिका रुपमा चिनिन्छन् । उनी सन् १९७० को आसपासदेखि अहिलेसम्म प्रधानमन्त्री थिए ।

सन् २०११ मा भ्रष्टाचारको आरोप लगाउँदै भएको आन्दोलनबाट हटाउने प्रयास हुँदा पनि उनी पदमै रहन सफल भएका थिए ।