■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४२ शरद ऋतु प्रमादीनामक संवत्सर नेपाल सं. ११४० वि.सं.२०७७ कार्तिक २८ गते शुक्रबार तद्अनुसार सन् २०२० नोभेम्बर १३ तारिख कार्तिक कृष्णपक्ष त्रयोदशी तिथि चित्रा नक्षत्र प्रीति योग भद्रा करण आनन्दादियोगमा मुशल योग चन्द्रमा कन्या राशिमा बिहान ११ः२४ बजेसम्म त्यसपछि तुला राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः२४ मा र सूर्यास्त साँझ १७ः११ मा हुनेछ । कागतिहार, धन्वन्तरी जयन्ती, धनतेरस ।
आजको राशिफल
मेष – कार्यमा सफलता मिल्नेछ । अन्नधन बढ्नेछ । मान पुरस्कार प्राप्तिको अवसर पाउन सकिनेछ । खेलकुद र भ्रमणमा रुचि होला । मिठो भोजन मिल्नेछ । आय वृद्धि हुनेछ । हांसविलासमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । भागदौड भैरहनेछ । लगानी उठ्ला ।
बृष – दिन शुभ र भाग्यवर्द्धक रहला । उन्नति पदोन्नति हुनेछ । आयस्रोत बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता बढ्ला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । सुख सम्पति वृद्धि होला । रसरागमा आकर्षित हुनुहुनेछ । मान पुरस्कारको प्राप्ति हुनेछ । भोज भतेरमा भाग लिनु हुनेछ ।
मिथुन – यात्रा होला । अन्नधन बढ्नेछ । दूर देशबाट शुभ समाचार सुन्नुहुनेछ । आयमा वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखा पर्ला । ऐश्वर्य बढ्नेछ । रोकिएको धन मिल्नेछ । कार्यमा सफलता पाउनुहुनेछ । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । विजयश्री प्राप्त होला ।
कर्कट – भोगविलासमा रुचि बढ्ला । भागदौड लागि रहनेछ । समस्याको समाधान प्राप्त होला । विवादमा नपर्नु हितकर होला । आफ्नै बल विवेकले काम गर्नु हितकर होला । जोखिममा नपर्नु हितकर होला ।
सिंह – ऋण रोग र शत्रुप्रति विजय प्राप्त होला । अस्तव्यस्ततामा कमी हुनेछ । काममा विजय प्राप्त होला । देखिएको समस्या समाधान हुनेछ ।
कन्या – मिठो भोजन मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पति ऐश्वर्य बढ्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । सबै प्रकारले अनुकूलता वृद्धि हुनेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला ।
तुला – ग्रहगोचर शुभ फलदायक रहला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु उचित रहनेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । मान सम्मानमा निरन्तर वृद्धि भैरहनेछ । मिठो भोजन खान पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
वृश्चिक – समय अनुकूल र फलदायक रहला । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सुख सन्तति बढ्नेछ । विवादमा पर्नुबाट बच्नुहोला । आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । आर्थिक पक्ष पनि बलियो बन्नेछ । लगानी वृद्धि हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । उन्नति–पदोन्नति हुनेछ । भोग विलासमा आकर्षण बढ्नेछ ।
धनु – धनको आवागमन भैरहनेछ । भागदौड वृद्धि हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । सुख समृद्धि बढ्नेछ । विवादमा नपर्नु बेस होला । मिहीनेतयुक्त काममा रूचि वृद्धि होला । अरुको भर नपर्नु नै हितकर रहला ।
मकर – आशा उत्साह बढ्ला । यात्रा होला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ । उन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री मिल्नेछ । आयस्रोत बढ्ला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ । लगानी उठ्नेछ ।
कुम्भ – प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मान प्रशंसा बढ्नेछ । शुभ समाचार प्राप्त होला । विकासको नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि होला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । व्यस्त रहनु हुनेछ ।
मीन – आरोग्यता बढ्ला । सुख शान्ति बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न भैहाल्नेछ । शुभ काममा भाग लिनुहुनेछ । यश वर्चश्व बढ्ला । धन यश मान पद प्रतिष्ठा बढ्ला । शुभ काम बन्नेछ । गौरव बढ्ला । सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नु हुनेछ । आँट पराक्रम बढ्नेछ । ऐश्वर्य वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ ।
प्रतिक्रिया