जि-२० का नेताहरुलाई एकताबद्ध हुन राष्ट्रसंघका महासचिवद्वारा आग्रह

जि-२० का नेताहरुलाई एकताबद्ध हुन राष्ट्रसंघका महासचिवद्वारा आग्रह



संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्वका जी-२० का नेताहरुलाई एकताबद्ध भएर काम गर्न आग्रह गरेका छन् ।

विश्वमा हाल देखापरिरहेका विभिन्न खालका समस्याहरुको समाधानका लागि एकताबद्ध हुन र आपसी सहयोगका साथ अघि बढ्न उनले सो आग्रह गरेका हुन् ।

जी-२० को यसै हप्ताको अन्त्यमा अनलाइन बैठक हुन लागेको छ । सो बैठकको अघि उनले विश्वका नेताहरुलाई यो आग्रह गरेका सिन्ह्वाले जनाएको छ । विश्वमा अहिले विशेष गरेर कोभिड-१९ को संक्रमण देखापरिरहेको छ र यस्तो अवस्थामा विश्वमा आर्थिक मन्दीको अवस्था पनि देखिएको छ भन्दै उनले यस्ता र अरु पनि समस्याहरु रहेको बताए । त्यसैले यी समस्याहरुको समाधान गर्नका लागि विश्वका नेताहरुले एक भएर काम गर्नुपर्ने भन्दै उनले सो कुरामा जोड दिएका थिए । शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा सम्वाददाताहरुसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन् ।

पत्रकार सम्मेलनमा उनले भने– ‘विश्वका जी-२० का नेताहरुको यसै हप्ताको अन्त्यमा अनलाइन बैठक हुँदैछ, त्यसमा मेरो पनि सहभागिता हुनेछ, तर मेरो सन्देश निकै साधारण छ र त्यो सन्देश हो कि विश्वमा अहिले देखा परेका विभिन्न खालका समस्याहरुको समाधानका लागि हामीले एकताबद्ध भएर लाग्नुपर्दछ ।’

उनले कोभिड–१९ को समस्याले निरन्तर रुपमा सपशपवका कैयौँ देशलाई समस्यामा पारिरहेकोले यस महामारीबाट बाहिर निस्किन र आर्थिक र अरु पनि समस्याको समाधान गर्न जी-२० को नेताहरु पनि लाग्नुपर्ने बताए ।