कोरोना भाइरसबाट मृत्यु व्यक्तिको संख्या करिव १४ लाख

कोरोना भाइरसबाट मृत्यु व्यक्तिको संख्या करिव १४ लाख



चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण हालसम्म विश्वमा १३ लाख ९७ हजार ३२२ व्यक्तिको मृत्यु भएको छ ।

गत वर्षको डिसेम्बरमा शुरु भएको यस भाइरसबाट हालसम्म ५ करोड ९२ लाख ५६ हजार ३१० व्यक्ति संक्रमित भइसकेका छन् । सोमबार एकै दिनमा कोरोना भाइरसबाट विश्वभरी ७ हजार ८९६ व्यक्तिको मृत्यु भएको छ भने ५ लाख ९३ हजार ९३४ थप व्यक्ति कोरोना संक्रमित भएका छन् ।

संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ गत सोमबार एकै दिनमा कोरोना भाइरसबाट ८३५ को मृत्यु भएको छ । इटालीमा ६३० जनाको मृत्यु भएको छ र पोल्याण्डमा ५४० जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस सक्रमणको कारण अमेरिका हालसम्म २ लाख ५७ हजार ७०७ जनको मृत्यु भइसकेको छ । अमेरिकामा १ करोड २४ लाख २१ हजार २१६ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।

कोरोना भाइरस संक्रमणको हिसाबबाट अमेरिकापछि ब्राजिल दोस्रो स्थानमा रहेको छ । यहाँ ६० लाख ८७ हजार ६०८ जना कोरोना भाइरस संक्रमित रहेका छन् । ब्राजिलमा एक लाख ६९ हजार ४८५ व्यक्ति कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ ।

भारतमा १ लाख ३४ हजार २१८ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । यहाँ ९१ लाख ७७ हजार ८४० कोरोना भाइरस संक्रिमित भएका छन् ।मेक्सिकोमा यस भाइरसका कारण १ लाख १ हजार ९२६ जनाको मृत्यु भएको छ भने १० लाख ४९ हजार ३५८ जना संक्रमित भएका छन् ।

संयुक्त अधिराज्यमा ५५ हजार ३३० जनाको मृत्यु भएको छ भने १५ लाख २७ हजार ४९५ जनाको कोरोना भाइरस संक्रमित भएका छन् । चीनमा कोरोना भाइरसबाट ८६ हजार व्यक्ति संक्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।