कोरोनाका कारण आर्थिक र मानसिक समस्या, इटलीको जन्मदरमा कमी

कोरोनाका कारण आर्थिक र मानसिक समस्या, इटलीको जन्मदरमा कमी



विश्वलाई नै प्रभावित पारेको कोरोनाभाइरसको महामारीले इटलीको जन्मदरलाई पनि असर पारेको छ ।

महामारी चलिरहेका बेला इटलीमा अहिले इतिहासमै सबैभन्दा थोरै जन्मदर हुने अनुमान गरिएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् ।

अघिल्लो वर्ष पनि १५० वर्षकै सबैभन्दा कम जन्मदर रहेकोमा अहिले अझ घटेर अहिलेसम्मकै सबैभन्दा कम हुने अनुमान समबद्ध अधिकारीहरुको छ ।

उनीहरुका अनुसार अघिल्लो वर्ष सन् २०१९ मा झण्डै चार लाख २० हजार जन्मिएकामा यस वर्ष सन् २०२० मा झण्डै चार लाख आठ हजार मात्रै जन्मिने अनुमान गरिएको हो । त्यसैगरी सन् २०२१ मा झण्डै तीन लाख ९३ हजार मात्रै जन्मिने सरकारी अधिकारीहरुले अनुमान गरेका छन् ।

यो पूर्वानुमान विवरण देशका तथ्याङ्क प्रमुख गियन कार्लो ब्लाङगीअर्डोले मङ्गलबार सांसदहरुका बीचमा प्रस्तुत गरेका छन् । विषेश गरेर त्रासपूर्ण वातावरण, असुरक्षा, आर्थिक सङ्कटलगायतका कारणले जन्मदर न्यून हुँदै गएको उनले जानकारी दिए ।

इटलीका दम्पतीहरुमा मुख्य गरेर मानसिक र आर्थिक समस्या देखिएकाले उनीहरुले बच्चा जन्माउन कमी गरेको वा जोखिमको रुपमा लिने गरेको पाइएको ब्लाङगीअर्डोको भनाई छ ।