सनत आचार्य
भारतको जम्मु-कास्मिर क्षेत्रको एचएमटी इलाकामा बिहीबार (नोभेम्वर २६) भएको आतंकवादी हमालमा परी भारतीय सेनामा कार्यरत एक नेपालीसहित दुई जवानको मृत्यु भएको छ भने एक जना सर्वसाधारण घाइते भएका छन् ।
मृत्यु हुने सेनाका जवानमध्ये एक जना दाङको तुलसीपुर उपमहानगरपालिका-१ बेलुवा निवासी ३० वर्षीय प्रेमबहादुर केसी रहेका छन् ।
भारतीय ससमाचार एजेन्सीका अनुसार जम्मु कास्मिर जिल्ला विकास परिषदको निर्वाचनको सुरक्षामा खटिएका भारतीय सेनामाथि कम्ब्याट ड्रेस लगाएर मोटरसाइकल आएका ३ जना आतंकवादीले अन्धाधुन्ध गोली चलाउँदा उनीहरू घाइते भएका थिए ।

घाइते भएलगत्तै उनीहरूलाई नजिकै रहेको सेनाको अस्पताल पुऱ्याइको थियो । अस्पताल पुगेसँगै उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
सेनाको बाक्लो उपस्थिति भएता पनि सो आक्रमण किन, कसले र कसरी गरे र उनीहरू स्वदेशी थिए वा विदेशी भन्ने सम्बन्धमा हालसम्म कुनै यकिन नभएता पनि आक्रमण चुनाव केन्द्रीत रहेको हुन सक्ने आशंका गरिएको छ ।
घटनापश्चात श्रीनगर क्षेत्रलाई अहिले उच्च सतर्कतामा राखिएको छ । घटना क्षेत्रमा कम्बो र सर्च अभियान चलाइएको छ ।
प्रतिक्रिया