प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश प्रमुख अधिकारीलाई शुक्रबार राति सङ्क्रमण देखिएको उनका प्रेस सल्लाहकार खेमराज अधिकारीले जानकारी दिएका छन् ।
प्रदेश प्रमुख अधिकारीलाई सामान्य लक्षण देखिएपछि शुक्रबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षणको लागि स्वाब दिइएको थियो । प्यासीकी श्रीमती र सशस्त्र प्रहरीका एक सुरक्षाकर्मीलाई पनि सङ्क्रमण देखिएको बताइएको छ ।
प्रदेश प्रमुख अधिकारी र उनकी श्रीमतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने दुवै जना विराटनगरस्थित निवासमा होम आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया