नेपालमा कोरोना संक्रमितको कुल संख्या २,३३,४५२ पुग्यो

नेपालमा कोरोना संक्रमितको कुल संख्या २,३३,४५२ पुग्यो



हालसम्मम १,५२९ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अब १,५२९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १,३०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र मंगलबार थप ५३० जनामा कोरोना भाइरसबाट संक्रमित भेटिएका छन् । काठमाडौंका ४०९, भक्तपुरका ३६ तथा ललितपुरका ८५ जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २,३३,४५२ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर २,०७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने डिस्चार्ज हुनेहरुको कुल संख्या २,१६,५९४ पुगेको छ।

हाल देशभर १६,६,३३ जना सक्रिय संक्रमित छन् भने ६१६ जना क्वारेन्टिनमा छन् ।