विज्ञप्तिमार्फत:सेना भर्नाका लागि दर्खास्त आव्हान

विज्ञप्तिमार्फत:सेना भर्नाका लागि दर्खास्त आव्हान


लण्डन । राष्ट्रियता, समवाद र लोकतान्त्रिक पद्धतिलाई अंगीकार गर्दै, ‘सम’ वर्गका आम जनताको मुक्ति र अधिकार प्राप्तिका लागि स्थापित र संघर्षरत, ‘राष्ट्रिय सममुक्ति पार्टी’को सैन्य दस्ता (सममुक्ति सेना, नेपाल) ले थप सेना भर्तीका लागि दर्खास्त आव्हान गरेको भनी सो पार्टीले प्रेस विज्ञव्तिमार्फत सार्वजनिक गरेको छ ।
उक्त पार्टीको संगठन विस्तारका साथै शक्ति संचयको उद्देश्यअनुरूप खुल्ला प्रतिष्पर्धात्मक प्रणालीद्वारा भर्ती हुन इच्छुक उम्मेदवारको वान्छनीय योग्यता निम्नबमोजिम हुनुपर्ने बताइएको छ :

-१) उमेर : १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेका स्वतन्त्र युवा, युवती हुनुपर्ने ।
-२) योग्यता : न्यूनतम ८ कक्षा पास गरेको र न्यूनतम उचाइ ५ फिट हुनुपर्ने ।
-३) अन्य : मगज नबिग्रेको, निरोगी र शारीरिक सुगठन तन्दुरुस्त भएको हुनुपर्ने ।
कुनै पनि सैन्य दस्ताबाट विद्रोह गरी आउने, द्वन्द्वपीडित सेना, प्रहरी, अवकाश प्राप्त ग्राहृयता : नेपाली, भारतीय र बेलायती सुरक्षा फौजमा अनुभव भएकालाई दिइने ।
तलब स्केल : सममुक्ति सेना, नेपालको नियमअनुसार हुने ।
नोट : सेना छनौट गर्दा, जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व अनुरूप सर्वहारा दलित २५%, मंगोल (जनजाति) ४०%, क्षेत्री १५%, सीमान्तकृत पिछडा समुदाय १५% र मुसलमान ५%, लिइने छ । मधेसी र महिलाका लागि यसैअन्तर्गत ४०% कोटा निर्धारण गरिने छ ।

भर्ना केन्द्र तथा सेना ब्युरो प्रमुख यस प्रकार बताइएको छः
१- सगरमाथा सैन्य ब्युरो, विरेन्द्रबजार, सप्तरी – चक्रबहादुर मगर
२- जनकपुर सैन्य ब्युरो, फूलजोर, र्सलाही – अरुण महतो
३- नारायणी सैन्य ब्युरो, नेवारपानी, मकवानपुर, – विक्रम श्रेष्ठ
४- बागमती सैन्य ब्यूरो, सलाङघाट, धादिङ – समिर चेपाङ
५- गण्डकी सैन्य ब्यूरो, पोखरा, कास्की – बिना बुढाथोकी
६- लुम्बिनी सैन्य ब्यूरो, चोरमारा, नवलपरासी – मदन विश्वकर्मा
७- रापती सैन्य ब्यूरो, थवाङ्ग, रोल्पा – केशर पुन
८- सेती सैन्य ब्यूरो, टीकापुर, कैलाली – लखन चौधरी
र दरखास्त पेश तथा भर्ना अवधि : २०६७ भाद्र २ गतेदेखि असोज २ गतेसम्म । रविन क्षेत्री सैन्य प्रवक्ता रहेको सो पार्टीका चिफ कमाण्डर श्याम तामाङ बताइएको छ ।

नेपालको वर्तमान नाजुक अनि संकीर्ण अवस्थामा यो प्रकारको पार्टी र यस्तो प्रकारको सार्वजनिक रुपमा सेना भर्नाको आहृवानलाई चिन्ताजनक रुपमा हेरिएको छ ।-मेस, लण्डन
Saunya Bharna