कोरोनाका कारण जापानमा एकै दिन अहिलेसम्मकै धेरै मृत्यु

कोरोनाका कारण जापानमा एकै दिन अहिलेसम्मकै धेरै मृत्यु


विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानमा पछिल्लो केही समयदेखि निरन्तर कोरोना भाइरसका संक्रमित बढिरहँदा आज अहिलेसम्मकै धेरै संख्यामा मृत्यु भएको छ ।

जापानमा मंगलबार साँझ ७ बजेसम्म २०११ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ भने देशभर संक्रमणका कारण थप ३३ जनाको ज्यान गएको छ ।

होक्काइदोमा १४, टोकियोमा ५, ह्योगोमा ३, साइतामामा ३, चिबामा २, इबाराकिमा २, सागामा १, इवातेमा १ , फुकुशिमामा १ र खानागावामा १ गरि देशभर ३३ संक्रमितले ज्यान गुमाएका हुन् ।

यो संख्या अहिलेसम्म रेकर्ड भएको सबैभन्दा बढी दैनिकी मृत्यु संख्या हो ।

योसँगै जापानमा कोरोना भाइरसका संक्रमितको संख्या १ लाख ५१ हजार ७२४ जना पुगेको छ । त्यस्तै जापानमा अहिलेसम्म दुई हजार १९८ संक्रमितको निधन भएको छ ।