गणेशमान सिह फाउन्डेसनलाई मास्क हस्तान्तरण

गणेशमान सिह फाउन्डेसनलाई मास्क हस्तान्तरण



श्याम क्षेत्री, जापान


नेपालमा कोरोनाको महामारीमा जापानस्थित बिपी चिन्तन फाउन्डेसन, ग्राउण्ड वर्क मिसिमा र नेपाल जापान एसोसिएसन जापानले संयुक्त रुपमा करिव ११ हजार ७ सय कोरोना सुरक्षित मास्क जम्मा गरी नेपालको आमजनतालाइ निःशुल्क वितरण गर्नको लागि नेपाल स्थित गणेशमान सिह फाउन्डेसनलाई हस्तान्तरण गरिएको छ ।

नेपालमा अझै सुरक्षित मास्कको अभावमा भैरहेको अवस्थामा जापानस्थित यी तीन वटा सस्थाले सामाजिक सेवा क्रियाकलापअन्तर्गत मास्क संकलन र वितरण काम गर्दै आइरहेको छ । गत हप्ता यी संस्थाहरुको संंयुक्त भेलाले आउँदा दिनहरुमा पनि मास्क संकलन गरी नेपालको संकटग्रस्त स्थलमा जापानको मास्क वितरण गर्ने योजना बनाएको बताइएको छ।

तीन संस्थाको सदस्यहरु बिपी चिन्तन तथा गणेशमान फाउन्डेसनको अध्यक्ष तथा नेपाल च्याम्बर अफ कमर्सको प्रतिनिधि डा. बलराम श्रेष्ठ, डा. वातानाबे तोयोहिरो, जापानको लागि नेपालको पर्यटनदूत इसिओका हिरोमी, बिपी चिन्तन तथा गणेशमान फाउन्डेसनको संचार प्रवक्ता भेषनारायण श्रेष्ठ ,सदस्य विनोद शेरचन, सदस्य लक्ष्मण श्रेष्ठको सहभागी रहेको थियो ।