नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,५३८ पुग्यो, संक्रमितको कुल संख्या २,३६,२४६

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,५३८ पुग्यो, संक्रमितको कुल संख्या २,३६,२४६



नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,५३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १,४९० जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । अब नेपालमा संक्रमितको कुल संख्या २,३६,२४६ पुगेको छ।

काठमाडौं उपत्यकामा बुधबार थप ७२३ जनामा कोरोना भाइरुसको संक्रमण पुष्टि भएको छ । काठमाडौंका ५३१, भक्तपुरका ५८ र ललितपुरका १३४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार बुधबार देशभर १,५६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्डि भने डिस्चार्ज हुनेहरुको कुल संख्या २,१८,१६१ पुगेको छ ।