राष्ट्रपिता प्रचण्ड ?!

राष्ट्रपिता प्रचण्ड ?!



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला देशमा प्रचण्डका नाममा विभिन्न समूहहरू देखापरेका छन् ।

नेकपाका एक युवा नेतालाई प्रमुख अतिथि बनाएर मंसिर २० गते गर्न लागिएको एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजकहरूको विवरण सार्वजनिक भएपछि प्रचण्डको नाममा विभिन्न समूहहत गठन भइ क्रियाशील हुन थालेको देखिएको हो ।

यही मंसिर २० गते बेलुका ५ः३० बजे नेकपाका युवा नेता रहबर अन्सारीलाई प्रमुख अतिथि बनाएर गर्न लागिएको कार्यक्रमको आयोजकहरूमा ‘जननायक कमरेड प्रचण्ड समूह’, ‘राष्ट्रनायक क. प्रचण्ड समूह’ र ‘राष्ट्रपिता क. प्रचण्ड समूह’ रहेका छन् । अन्तरक्रिया कार्यक्रमको शीर्षक ‘आजको वर्तमान राजनीति : युवाको भूमिका’ राखिएको छ ।