नेपालमा कोरोना भाइरसबाट सक्रिय संक्रमित हुनेको संख्यामा कमी आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा बिहीबारभन्दा आज ३०३ सक्रिय सङ्क्रमित घटेका जनाएको छ ।
देशभर शुक्रबार १,२७२ जना सङ्क्रमित हुँदा १,५७५ जना सङ्क्रमण मुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम भएको जनाइएको छ । थपिएका सङ्क्रमितमध्ये पुरुष ७८८ र महिला ४८४ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय सङ्क्रमणमुक्त भएका एक हजार दुई लाख २१ हजार ८४७ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिले निको हुने दर ९२ दशमलव नौ प्रतिशत रहेको छ । आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार १४ रहेको मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख ३८ हजार ८६१ पुगेको छ ।
काठमाडौं उपत्यकामा आज ६०६ सङ्क्रमित थप भएका छन् । जसमध्ये ३५९ पुरुष र २४७ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौंमा ५,९९६, ललितपुर १,२५५ र भक्तपुरका ५४० सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये हाल १० हजार ३९४ होम आइसोलेसनमा रहेका जनाइएको छ ।
प्रदेशअनुसार होम आइसोलेनमा रहनेको सङ्ख्या प्रदेश १ मा एक हजार ७७५, प्रदेश २ मा २४२, वाग्मती प्रदेश पाँच हजार ९७४, गण्डकी प्रदेश ४५९, लुम्बिनी प्रदेश एक हजार ३०२, कणार्ली प्रदेश ८४ र सुदुर पश्चिम प्रदेशमा ५५८ रहेको छ ।
देशभर आजसम्म ३२८ सङ्क्रमित आईसीयूमा रहेका छन् । प्रदेश १ मा २६, प्रदेश २ मा आठ, वाग्मती प्रदेशमा १२२, गण्डकी प्रदेशमा ८१ र लुम्बिनी प्रदेशमा ७५, कर्णाली प्रदेशमा नौ र सुदुर पश्चिम प्रदेशमा सात सङ्क्रमित आईसीयूमा रहेका छन् । त्यस्तै, प्रदेश १ मा आठ, प्रदेश २ मा एक, वाग्मती प्रदेशमा ३१, गण्डकी प्रदेश नौ र लुम्बिनी प्रदेश तीन र सुदूर पश्चिममा दुई गरी जम्मा ५४ सङ्क्रमित भेन्टिलेटरमा रहेका छन् ।
प्रतिक्रिया