पछिल्लो २४ घण्टामा ६,०७४ नमूना परीक्षण गर्दा थप १,०२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेमा ६२२ पुरुष र ४०२ महिला छन् । नेपालमा आजसम्म कूल सङ्क्रमित संख्या २,३९,८८५ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारीअनुसार यस अवधिमा २,२०६ जना कोरोनामुक्त भएका छन् । यससहित कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख २४,०५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १,५७७ पुगेको छ ।
हाल देशभर १४,२५५ सक्रिय सङ्क्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । त्यसमध्ये ४५ जना भेन्टिलेटर, ३१२ जना आइसीयू र ९,२६३ जना घरमै एकान्तवासमा छन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४६० सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका ३४९, ललितपुरका ६५ र भक्तपुरका १८ जना छन् ।
यस्तै, नुवाकोटका ४६, कास्कीका ४५, रुपन्देहीका ४१, झापाका ३९, अछामका ३५, कैलालीका ३३, काभ्रेपलाञ्चोकका २९, सुनसरीका २८, बाँकेका २०, धनुषाका १८, कञ्चनपुरका १७, पर्सा, मकवानपुर र लमजुङका १५–१५, सिन्धुली र बाग्लुङका १४–१४, चितवन, कपिलवस्तु, दाङ र बझाङका ११–११, तनहुँ र बर्दियाका नौ–नौ, धादिङका आठ, दोलखाका सात र इलामका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी नवलपरासी र पाल्पाका पाँच–पाँच, मोरङ, सोलखुम्बु, सिराहा, स्याङ्जा, जुम्ला, डडेलधुराका चार–चार, सर्लाही, दैलेख, दार्चुला र बैतडीका तीन–तीन, ताप्लेजुङ, बारा, महोत्तरी, रौतहट, सप्तरी, सिन्धुपाल्चोक, नवलपुर, पर्वत, म्याग्दी, प्युठान, रोल्पा र डोटीका दुई–दुई तथा उदयपुर, ओखलढुङ्गा, खोटाङ, अर्घाखाँची र गुल्मीका एक–एक जनामा सङ्क्रमण देखिएको छ ।
प्रतिक्रिया