कपिलवस्तु प्रतिनिधि
विप्लव नेतृत्वको नेकपाका कपिलवस्तु जिल्ला कमिटी सदस्य गणेश थारु पक्राउ परेका छन् । शिवराज नगरपालिकाका नगर कमिटी सदस्य समेत रहेका ३९ बर्षीय थारुलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको हो ।
कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीका अनुसार शिवराज २ हल्लानगरस्थित सुनमाया घर्ती मगरको घरमा लुकिछिपी बसेको अवस्थामा शनिबार दिउँसो ३ बजे थारुलाई पक्राउ गरिएको हो ।
लामो समयदेखि प्रहरीको खोजीमा रहेका उनलाई विशेष सुराकीको आधारमा प्रक्राउ गरिएको प्रहरी उपरिक्षक अधिकारीले बताउनुभयो ।
पक्राउ परेका थारुको साथबाट विप्लब समूहसँग सम्बन्धित विभिन्न दस्तावेज बरामद भएको प्रहरीले बताएको छ ।
थारुमाथि विभिन्न नाममा चन्दा आतङ्क, हडतालका नाममा तोडफोड गरेको लगायत आरोप छ ।
पक्राउ परेका थारुमाथि अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया